आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

समाचार

जाजरकोट भूकम्प- पीडितका लागि भारतले निर्माण गरिदियो २ सय प्रि-फेब्रिकेटेड घर


  • 595
    SHARES
  • https://indrenipost.com/index.php/posts/6087
    माघ २, २०८० मंगलबार
    जाजरकोट भूकम्प- पीडितका लागि भारतले निर्माण गरिदियो २ सय प्रि-फेब्रिकेटेड घर

    जाजरकोटमा गत कात्तिक १७ गते गएको ५.७ म्याग्निच्युडको भूकम्पले भौतिक तथा मानवीय क्षति भोगेका पीडितहरूका लागि भारतले पहिलो चरणमा २ सय वटा प्रि-फेब्रिकेटेड घर बनाइदिएको छ ।

    १५७ जनाको ज्यान जाने गरी गएको उक्त भूकम्पका कारण जाजारकोटमा मात्रै हजारौँ घर ध्वस्त भएका थिए ।

    भारत सरकारको सहयोगमा पहिलो चरणमा जाजरकोटमा २ सय प्रि-फेब्रिकेटेड घर तयार भएका हुन् ।

    यी सबै २ सय घर निर्माण पूरा गरिसकेपछि नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

    भारतले जाजरकोट केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पबाट पीडितहरूका लागि पाँचौँ चरणसम्म राहत सामग्री पठाइसकेको छ ।

    यसअघि पुस २९ मा भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा भारतले भूकम्पपीडितका लागि थप १० अर्ब रुपैयाँ सहयोग घोणा गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij