काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक ६ अंकले वृद्धि भएको छ ।
नेप्से सुचक ६.६३ अंकले बढेर २१८१.८० विन्दुमा आएको छ ।
यो सेसनमा ४६ कम्पनीको भाउ बढ्दा १८ वटाको मूल्य घटेको छ भने ८ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।
यो सेसनमा ७२ कम्पनीको १४ हजार ४९१ कित्ता सेयर कारोबार हुदाँ ४६ लाख ९५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
बुधबार यो सेसनमा कुल १९४ वटा कारोबार भएको हो ।