आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट तान्दै


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/6108
    माघ ९, २०८० मंगलबार
    राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्दै छ ।

    राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न उक्त निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । 

    बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने छ ।

    बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो । 

    आज दिउँसो २ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

    बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । 

    साँवा र ब्याज भुक्तानी मिति माघ २३ गतेलाई निर्धारण भएको छ ।

    यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

    बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij