आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अर्थतन्त्र

आगामी आवको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछ : प्रधानमन्त्री


  • 613
    SHARES
  • https://indrenipost.com/index.php/posts/6126
    माघ ९, २०८० मंगलबार
    आगामी आवको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धमा भएको बैठकमा प्रधानमन्त्रीले अधुरा आयोजना पूरा गर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए । 

    प्रधानमन्त्रीले पूराना योजना अलपत्र पर्ने तर नयाँ-नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका हुन् ।

    प्रधानमन्त्रीले भने, विकास योजनावद्ध हुन्छ र हुनुपर्छ । बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने बिडम्वना छ । त्यसबाट हामी माथि उठ्नैपर्छ । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij