आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

समाचार

विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको सूची- काठमाडौं १०औँ स्थानमा [सूचीसहित]


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/6137
    माघ १०, २०८० बुधबार
    विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको सूची- काठमाडौं १०औँ स्थानमा [सूचीसहित]

    काठमाडौं । विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौं परेको छ ।

    काठमाडौंको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ ।

    हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन ।

    भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ ।

    दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ ।

    यस्तै क्रमशः भारतको कोलकत्ताको २ सय ५६ एक्यूआइ, बंगलादेशको ढाका २ सय १५ एक्यूआइ मापण गरिएको छ ।

    बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७ एक्यूआइ, म्यानमारको योगनको १ सय ७३ एक्यूआइ, पकिस्तानको लाहोर १ सय ७३ एक्यूआइ, भारतको मुम्बई १ सय ७२ एक्यूआइ र मंगोलियाको उलानबाटरको १ सय ७१ एक्यूआइ मापन गरिएको छ ।

    विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।

    त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

     

    air-qulity_TdeoR67t72.webp

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij