आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सुनको भाउ आज पनि स्थिर, चाँदीको मूल्य बढ्याे


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/6138
    माघ १०, २०८० बुधबार
    सुनको भाउ आज पनि स्थिर, चाँदीको मूल्य बढ्याे

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ भने चाँदीको मूय भने बढेको छ । सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ । 

    बुधबार चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।  

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij