आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अर्थतन्त्र

नेपाल सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/6153
    माघ ११, २०८० बिहीबार
    नेपाल सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

    काठमाडौं । नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै नेपाल सरकारले १० अर्बको आन्तरिक ऋण उठाउन लागेको हो ।  

    यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

    केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेपाल सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको जनाएको छ ।

    बैंकले ५ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको हो ।

    आज दिउँसो २ बजे उक्त विकास ऋणपत्र बोलकबोल हुनेछ भने यसको निष्कासन मिति भने माघ १२ गते तोकिएको छ ।

    साँबा भुक्तानी मिति भने २०८५ माघ १२ गते तय भएको छ ।  

    बैंकका अनुसार उक्त ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने ब्याजमा कर पनि लाग्नेछ ।

    इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख  गरिएको छ ।

    प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ र १५ प्रतिशत छुट्याइएको छ ।  

    बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।  

    ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij