आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

मौसम

हिमपात र वर्षाले खुसी भए किसान


  • 901
    SHARES
  • https://indrenipost.com/index.php/posts/6162
    माघ ११, २०८० बिहीबार
    हिमपात र वर्षाले खुसी भए किसान

    म्याग्दी (बेनी) । म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बुधबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो ।

    लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।

    गहुँ, जौँ आलुलगायतका हिउँदेबाली पानी नभएर सुक्न थालेको अवस्थामा पानी परेपछि राहत भएको रघुगङ्गा गाउँपालिका–३ का किसान तुलबहादुर केसीले बताए ।

    खेतबारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भए पनि वर्षा भयो राम्रो भयो”, उनले भने ।

    म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमङ्गले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिखलगायतका बस्तीमा हिमपात भएको छ ।

    जिल्लाको मुख्य पर्यटकीयस्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढारलगायतका ठाउँमा समेत हिमपात भएको छ ।

    पर्यटकीयस्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन् । यस वर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा किसानलाई राहत भएको धवलागिरि गाउँपालिका–५ मल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताए ।

    हिउँदको सुक्खायाममा हिमपात हुँदा खेतीबालीमा मलजलका लागि उपयुक्त हुने किसान बताउँछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij