आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अर्थतन्त्र

लक्ष्यअनुसार राजश्व उठ्न सकेन : अर्थमन्त्री


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/6181
    माघ १२, २०८० शुक्रबार
    लक्ष्यअनुसार राजश्व उठ्न सकेन : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् ।

    शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका छन् ।

    राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ । मन्त्री महतले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए ।

    उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए ।

    आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनको भनाइ छ ।

    विद्युतीय सवारीसाधनको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताए ।

    इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको उनको दाबी छ ।

    मन्त्री महतले अनलाइन प्रणालीलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij