काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस पुगेको छ ।
शनिबार बिहान पौने ९ बजेको तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको हो ।
मौसमविद् मीनकुमार अर्यालले यो वर्षको हालसम्मकै कम तापक्रम भएको जानकारी दिए ।
उनका अनुसार यसअघि शनिबार बिहानको तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस थियो ।
तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ ।