आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

वित्तीय उपराध

घुस लिने र दिनेविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/6207
    माघ १४, २०८० आइतबार
    घुस लिने र दिनेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।   

    अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत  सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    उनका अनुसार उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij