आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

डलरको भाउ बढ्दा युरो घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/6234
    माघ १६, २०८० मंगलबार
    डलरको भाउ बढ्दा युरो घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

    जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

    मंगलबार अमेरिकी डलरको भाउ बढेको छ ।   शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार भने ०३ पैसाले बढेको हो ।

    आज अमेरिकीडलर एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसामा कारोबार भएको छ ।

    यसअघि यसको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको थियो । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रूपैयाँ २४ पैसा तोकिएको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसाले घटेको हो । सोमबार युरोको खरिददर १४४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो ।  

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको मंगलबार खरिददर १६८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा कायम गरिएको छ ।

    यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०२ रहेको छ ।

    चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।

    यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीदर २८ रूपैयाँ १६ पैसा कायम गरेको छ । 

    साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २८ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij