आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

समाचार

आजदेखि सरकारी कार्यालयले ५ बजेसम्म सेवा प्रवाह गर्ने


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/6236
    माघ १६, २०८० मंगलबार
    आजदेखि सरकारी कार्यालयले ५ बजेसम्म सेवा प्रवाह गर्ने

    काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।

    सरकारले नेपाल राजपत्रमा २०७९ साल चैत २ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेदेखि  अपराह्न ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने जनाएको थियो ।

    यसैगरी गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म भने सरकारले बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय तोकेको थियो भने वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने जनाएको हो । 

    गृहमन्त्रालयका अनुसार शुक्रबारका दिन भने बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने जनाएको छ । 

    साथै सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय पनि निर्धारण गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij