शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेपाल-चीनबीचको सीमा विवाद अध्ययनका लागि सहसचिव आचार्यको टोली सिमकोट

  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/625
    भदौ २७, २०७८ आइतबार
    नेपाल-चीनबीचको सीमा विवाद अध्ययनका लागि सहसचिव आचार्यको टोली सिमकोट

    काठमाडाैं । नेपाल–चीनबीचको सीमा विवादको अध्ययन गर्ने टोली खटिएको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोली सिमकोट पुगेको छ । 

    सात जनाको टोलीलाई हुम्ला प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायले शनिबार स्वागत गरेका छन् । नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका लागि गठन गरिएको अध्ययन टोली शनिबार जिल्लाको सिमकोट पुगेको हो । 

    टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने बताइएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।

    गत वर्ष हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो । तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चीनले बनाएका संरचना उसकै भूमिमा परेको र नेपालको सीमा नमिचिएको दाबी गरेको थियो ।

    ओली सरकारको निर्णयमा असहमति जनाउँदै वर्तमान शेरबहादुर देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सीमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति बनाएपछि गृह मन्त्रालयका सहसचिव आचार्यको नेतृत्वमा समितिले अध्ययन थालेको हो । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij