आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी समिति गठन


  • 712
    SHARES
  • https://indrenipost.com/index.php/posts/6271
    माघ १८, २०८० बिहीबार
    अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी समिति गठन

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी)मोडलमा सञ्चालन गर्ने सम्बन्धमा एक अध्ययन समिति गठन गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेश गरेको अध्ययन समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।

    पूर्वसचिव शङ्करप्रसाद अधिकारीको संयोजकत्वको समितिमा लगानी विज्ञ घनश्याम ओझा, मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानीबोर्डका सहसचिव र नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य सचिव रहने गरी पाँच सदस्यीय समिति गठन गरेको हो ।

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा र पिपिपी मोडलमा सञ्चालन गर्ने विषयमा अध्ययन गर्न समिति गठन गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमको करार व्यवस्थापनका लागि पनि समिति गठन गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापन विज्ञ टीकाराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरी पाँच जनाको समिति तयार गरिएको छ ।

    सो समितिलाई ४५ दिनको समय अवधि दिइएको छ । यससँगै चितवनस्थित भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले तत्काल जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडाको ब्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने सम्भावित रकम सरकारले बेहोर्ने पनि निर्णय गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij