काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले २ वटा एटीआर–७२ जहाज भित्र्याएको छ ।
ती जहाज बिहीबार साँझ ५ः२० र ५ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेका हुन् ।
एयरलाइन्सले आन्तरिक उडानमा प्रतिस्पर्धी क्षमता विस्तार गर्न २ जहाज बंगलादेशबाट ल्याएको जनाएको छ ।
यती एयरलाइन्सले अहिले उडान गरिरहेका गन्तव्यमा उडान थप गर्ने योजना बनाएको छ ।
नयाँ वायुयानले ‘नाइन–एन एओएफ’ र ‘नाइन–एन एओएच’ कल साइन पाएका छन् ।
यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आन्तरिक हवाई सेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने नीति ल्याएको बताएका छन् ।
जहाज थप गरेसँगै यात्रुहरूलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ ।