शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

सुनको भाउ दैनिक आकाशिँदै, आज कतिमा हुँदैछ कारोबार ?


  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/6307
    माघ १९, २०८० शुक्रबार
    सुनको भाउ दैनिक आकाशिँदै, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ ।

    साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो ।

    यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः ३००–३००–१०० र ५०० रुपैयाँले बढेको थियो ।

    त्यसैगरी नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

    यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।  शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ ।

    बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij