आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

समाचार

दुई जिल्ला जोड्ने सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम


  • 460
    SHARES
  • https://indrenipost.com/index.php/posts/6310
    माघ १९, २०८० शुक्रबार
    दुई जिल्ला जोड्ने सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

    ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको चार वर्ष भयो ।

    विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ ।

    पूर्वाधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रक्सनलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो ।

    विसं २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने काम तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ ।

    दुई जिल्ला जोड्ने सडकको काम सुस्त गतिमा हुँदा यात्रा गर्न निकै कठिन भएको छ । निर्माण कम्पनीले लामो समय काम रोकेको थियो ।

    निर्माण कम्पनीले अहिले कामदार खटाएर काम गरिरहेको छ । दुई दशकसम्म कच्ची सडक हुँदा समय–समयमा दुर्घटना हुने गरेको छ भने यात्रा निकै कष्टकर हुने गरेको यात्रुको भनाइ छ ।

    निर्माण कम्पनीले सम्झौता गरेर काम गर्न आएदेखि समस्यामा सहजीकरण गर्दै आए पनि समयमै काम गर्न नसकेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले बताए ।

    बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गर्दै आएको उनको भनाइ छ । समयमै सडक कालोपत्रे नहुँदा गलकोट नगरपालिका र

    ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती भोग्नु परेको उनी बताउँ छन् । वडा नम्बर ५ को हरिचौरमा नगर अस्पताल सञ्चालन गरेको र नागरिक उपचारका लागि त्यहाँ जाँदा बढी समस्या खेप्नुपरेको प्रमुख शर्माले सुनाए । 

    सडक आसपासका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले आजित बन्ने गरेका छन् । सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको उनको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij