शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

उद्योग

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य


  • 685
    SHARES
  • https://indrenipost.com/index.php/posts/6315
    माघ १९, २०८० शुक्रबार
    हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य

    बागमती । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ ।

    सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

    सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् ।

    विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए ।

    रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उहाँको भनाइ थियो । रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ ।

    उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ । दैनिक सात सय पँचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ ।

    हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।

    उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तररुपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया सुरु गरिएको बताउनुभयो । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उनले जानकारी दिए । 

    उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ । आव वर्ष २०७६/७७ देखि २०७८/७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो ।

    गत आवमा मात्र रु २३ करोड ५५ लाख नोक्सान भएको थियो । उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर सङ्घले आन्दोलन गरिरहेको छ ।

    उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् । यसैबीच हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् । -रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij