शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

आज सुन चाँदीको मूल्य घट्यो


  • 442
    SHARES
  • https://indrenipost.com/index.php/posts/6395
    माघ २२, २०८० सोमबार
    आज सुन चाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।  

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो ।

    यसअघि, आइतबार छापावाल सुन १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।   

    सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij