शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अर्थतन्त्र

नेप्से १४.५७ अंकले बढ्यो


  • 613
    SHARES
  • https://indrenipost.com/index.php/posts/6406
    माघ २२, २०८० सोमबार
    नेप्से १४.५७ अंकले बढ्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेको छ ।

    नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ को विन्दुमा पुगेको छ । यस दिन ३१० धितोपत्रका ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा किनबेच भएको छ ।

    १३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चार उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

    स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.७८ प्रतिशतले घटेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij