शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अर्थतन्त्र

नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढ्यो


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/6435
    माघ २३, २०८० मंगलबार
    नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढ्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।

    आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ ।

    व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

    सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा एक दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव नौ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ७६ लाख दुई हजार चार सय ७० बराबरको शेयर किनबेच भएको छ ।

    कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता शेयर खरिदबिक्री भइको छ

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij