आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

मानव अधिकार पुरस्कार वितरण समारोह

मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता हो : प्रधानमन्त्री


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/6441
    माघ २३, २०८० मंगलबार
    मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताएका छन् ।

    सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताएका हुन् ।

    प्रधानमन्त्री दाहालले भने, “सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता हो ।”

    उनले मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

    “नेपालको संविधान, कानुन, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत व्यवस्था सबैको आधारस्तम्भ मानव अधिकार नै हो”, प्रधानमन्त्री दाहालले भने, “मानव अधिकारबिना मानवीय मर्यादा, मूल्यमान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई सरकारले स्वीकार गरेको छ ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij