बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

ललितपुरबाट ब्राउन सुगर र गोलीसहित ४ जना पक्राउ


  • 532
    SHARES
  • https://indrenipost.com/index.php/posts/6455
    माघ २४, २०८० बुधबार
    ललितपुरबाट ब्राउन सुगर र गोलीसहित ४ जना पक्राउ

    काठमाडौं । ललितपुरबाट पेस्तोलको गोली र ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजे महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेका छन् । सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरू लायोक बस्ने घरबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट १४.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको प्रहरीको भनाइ छ ।

    लागूऔषधको कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग लुभुका इन्चार्ज सई सन्तोष बुढाथोकी कमाण्डमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij