शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 613
    SHARES
  • https://indrenipost.com/index.php/posts/6464
    माघ २५, २०८० बिहीबार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसामा कारोबार भएको छ ।

    यो मूल्य बुधबारको तुलनामा १४ पैसाले घटेको हो । बुधबार यसको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको थियो ।

    बिहीबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रूपैयाँ २९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसाले बढेको हो।

    यसअघि बुधबार युरोको खरिददर १४२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।   त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसा कायम गरिएको छ । 

    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।

    उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम गरेको जनाइएको छ । 

    यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ८२ पैसा र बिक्रीदर २७ रूपैयाँ ९५ पैसा कायम गरेको छ । 

    साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij