शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

सुन र चाँदीको मूल्य घट्यो


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/6473
    माघ २५, २०८० बिहीबार
    सुन र चाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा बुधबारकाे तुलनामा  बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको भाउ २०० रूपैयाँ घटेको हो । यसअघि बुधबार सुन प्रतितोला ६०० रूपैयाँ बढेको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij