शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

जीवनको कठिन निर्णय सम्बन्ध विच्छेद : नयाँ अध्ययन


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/648
    भदौ २९, २०७८ मंगलबार
    जीवनको  कठिन निर्णय सम्बन्ध विच्छेद : नयाँ अध्ययन

    ‘जागिर वा करिअर बदल्नु विवाह गर्नुभन्दा पनि कठिन निर्णय हो । अनि योभन्दा पनि कठिन निर्णय हो– लामो समय वैवाहिक जीवन बिताएर सम्बन्ध विच्छेद अर्थात् डिभोर्स गर्नु’, एक नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको छ । 

    अनुसन्धानकर्ता अभिभाको प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी सबैभन्दा धेरै (३१ प्रतिशत) मानिसले लामो समयको वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय जीवनकै सबैभन्दा कठिन बताएका हुन् । ​

    सर्वेक्षेणमा सहभागी एकचौथाइ भन्दा धेरै (२७ प्रतिशत) व्यक्तिले भने एउटा करिअरबाट अर्को सुरु गर्नु जीवनको सबैभन्दा कठिन निर्णयमध्ये एक भएको बताएका छन् । त्यस्तै २५ प्रतिशत व्यक्तिले चाहिँ विवाहको निर्णय गर्न पनि उत्तिकै कठिन भएको बताए ।

    यस्तै अध्ययनले ठूल्ठूला निर्णय गर्नुपर्दा ४९ प्रतिशत मानिसमा ‘एन्जाइटी र स्ट्रेस’ हुने गरेको पनि देखाएको छ । यस्तै अध्ययनले अल्छी गर्ने, कामलाई पछिका लागि पन्छाउने, समयमा निर्णय नगर्ने स्वभावका ११ प्रतिशतभन्दा बढी मानिसले जागिर, घरलगायत विभिन्न महत्त्वपूर्ण अवसर गुमाउने गरेको पनि देखाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij