आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

माडी गाउँपालिका निर्णय

फागुन १ गते जनयुद्ध दिवस : सार्वजनिक बिदा


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/6489
    माघ २५, २०८० बिहीबार
    फागुन १ गते जनयुद्ध दिवस : सार्वजनिक बिदा

    काठमाडौं । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवसमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाले यही माघ १७ गतेको निर्णयअनुसार आउँदो फागुन १ गते मंगलबार सरकारी कार्यालय र विद्यालयमा सावर्जनिक बिदा दिने निर्णय गरिएको भन्दै सूचना जारी गरेको हो ।

    madi-gaupalika-1707395265.jpg

    पालिकाको सूचनामा लेखिएको छ, “जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फागुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना जारी गरिएको छ ।”

    सर्वोच्च अदालततले जनयुद्ध शब्दलाई असंवैधानिक ठहर गर्दै सशस्त्र युद्धका घटनाको न्याय निरुपणको काम १७ वर्षदेखि थाती राखेर जनयुद्ध दिवस मनाउँदा पीडितलाई थप पीडा हुने फैसला गरेको छ ।

    Madi-Notice-1707395280.png

    त्यसबोहक सर्वोच्च अदालतबाट विज्ञप्ति समेत जारी गरी जनयुद्ध दिवसको बिदा खारेज भएको जानकारी गराइएको छ । तर, माडी गाउँपालिकाले भने त्यसलाई बेवास्ता गर्दै सूचना जारी गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij