आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

आजदेखि चितवनमा चिया प्रदर्शनी


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/6497
    माघ २६, २०८० शुक्रबार
    आजदेखि चितवनमा चिया प्रदर्शनी

    चितवन । चितवनमा अाज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम हुने भएको छ ।

    नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा यही माघ २६ र २७ गते नारायणी नदी किनार हुने आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

    प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको नि:शुल्क स्वाद लिन पाइने छ ।

    स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ, भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

    उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गर्नेछन् । नेपालका सम्पूर्ण चिया व्यवसायीहरूको प्रत्यक्ष उपस्थितिमा नेपालमा दोस्रो र चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा चियाका मुख्य जिल्लाहरू झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्की देखि पश्चिम सम्म उत्पादित चियाको प्रदर्शन हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij