शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/6498
    माघ २६, २०८० शुक्रबार
    अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

    जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।आज अमेरिकी डलर संगै युरो र पाउण्डको भाउ घटेको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०४ पैसामा कारोबार भएको छ ।

    यो मूल्य बिहिबारको तुलनामा ०२ पैसाले घटेको हो । बिहिबार यसको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसामा कारोबार भएको थियो ।

    शुक्रबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १४३ रूपैयाँ १९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसाले घटेको हो ।

    अघिल्लो दिन यसको खरिददर १४२ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रूपैयाँ २९ पैसामा कारोबार भएको थियो ।  

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने ४२ पैसाले घटेर एकको खरिददर १६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।

    बिहिबार यसको खरिददर १६७ रूपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसा तोकिएको थियो । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४० पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।

    उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९२ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ । 

    यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २७ रूपैयाँ ७७ पैसा र बिक्रीदर २७ रूपैयाँ ८९ पैसा कायम गरेको छ । 

    साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij