शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने


  • 2.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/651
    भदौ २९, २०७८ मंगलबार
    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

    सचिव ढकालका अनुसार बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । सोही सम्मेलनलाई ध्यानमा राख्दै आवस्यक तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागिएको नेताहरुले बताएका  छन् । सम्मेलनको तयारीस्वरुप माओवादीले देशभर चार महिने संगठन विस्तार अभियान चलाउँदै आएको छ ।

    साथै आजको बैठकमा सरकार विस्तार, संसदको अवरोध लगायतका समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij