शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस

७ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन


  • 604
    SHARES
  • https://indrenipost.com/index.php/posts/6612
    फागुन १, २०८० मंगलबार
    ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ ।

    ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो ।

    कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन लगायत छन् ।

    ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

    1-1707790065.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij