शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

सुनको भाउ ह्वात्तै घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ?


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/6636
    फागुन २, २०८० बुधबार
    सुनको भाउ ह्वात्तै घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । ।नेपाली बजारमा बुधबार एकैदिन सुनको भाउ प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ । 

    मंगलबार प्रतितोला ३०० रूपैयाँ घटेको सुनको भाउ आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ । 

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । 

    आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

    मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij