बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण

संयुक्त राष्ट्रसंघको प्रावधानअनुसार ब्यालेस्टिक मिसाइल परीक्षण प्रतिबन्धित छ ।


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/668
    भदौ ३०, २०७८ बुधबार
    उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण

    उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका जोन्ट चिफ अफ स्टाफलाई उद्धृत गर्दै समाचार संस्था योनहापले जनाएको छ ।

    जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन् । सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरुको भनाइ छ । ब्यालेस्टिक मिसाइलका सम्बन्धमा उत्तर कोरिया र जापानले थप विवरण दिएका छैनन् ।

    संयुक्त राष्ट्रसंघको प्रावधानअनुसार ब्यालेस्टिक मिसाइल परीक्षण प्रतिबन्धित छ । उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्नका लागि ब्यालेस्टिक मिसाइल प्रतिबन्धित गरिएको छ । तर केही दिनअघि लामो दूरीको क्रुज मिसाइल प्रक्षेपण गरेको उत्तर कोरियाले अहिले फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

    क्रुज मिसाइलभन्दा ब्यालेस्टिक मिसाइल शक्तिशाली र घातक हुने गर्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij