आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

समाचार

एक हप्ताभित्रै ललिता निवास खाली गर्न काठमाडौं महानगरको आग्रह [सूचनासहित]


  • 442
    SHARES
  • https://indrenipost.com/index.php/posts/6793
    फागुन ९, २०८० बुधबार
    एक हप्ताभित्रै ललिता निवास खाली गर्न काठमाडौं महानगरको आग्रह [सूचनासहित]

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ ।

    विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेकोले ललिता निवास खाली गराउन महानगरले सक्रियता थालेको हो ।

    तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ ।

    ktm_JppnY2sJ5a.webp

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij