शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

कालो सुनले मूल्य पाएपछि किसान हर्षित


  • 865
    SHARES
  • https://indrenipost.com/index.php/posts/6877
    फागुन १२, २०८० शनिबार
    कालो सुनले मूल्य पाएपछि किसान हर्षित

    ताप्लेजुङ । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् ।

    गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् ।

    एक मनमा ४० केजी अलैँची हुन्छ । अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन ७० हजारदेखि ८० हजारसम्ममा बिक्री गरेको जानकारी दिए ।

    उनले भने, “सुरुआतमा प्रतिमन ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि ८० हजारसम्म पनि पुग्यो । अहिले प्रतिमन ७१ हजारमा अलैँची बिक्री भइरहेको छ ।”

    अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ ।

    अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ ।

    प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।

    जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij