शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अर्थतन्त्र

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत, फागुन २१ देखि निरन्तर छलफल


  • 622
    SHARES
  • https://indrenipost.com/index.php/posts/6926
    फागुन १४, २०८० सोमबार
    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत, फागुन २१ देखि निरन्तर छलफल

    काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष ०८१/०८२ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि प्रस्तुत गरिएको छ ।

    सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

    गोप्य राखिने कर प्रस्तावबाहेक आउँदो आर्थिक वर्षमा सरकारको विनियोजन शीर्षकसम्बन्धी प्रस्ताव पेस गरिएको छ ।

    त्यसमाथि यही फागुन २१, २२, २३ र ३० र आउँदो चैत १, २ र ४ गते छलफल गरिने सभामुख देवराज घिमिरेले जानकारी गराए ।

    प्रिबजेट छलफल बजेट अधिवेशन सुरु हुनुअघि ‘कर्मकाण्डी’ रूपमा मात्र हुने गरी सरकारले प्रस्तुत गर्ने विगतको अभ्यास थियो ।

    त्यो व्यावहारिक नभएको भन्दै संसद्मा गरिएको बहसका आधारमा फागुनभित्रै प्रिबजेट छलफल सुरु गर्ने प्रतिबद्धता गरिएको थियो । सोहीअनुसार बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरिएको हो ।

    सांसदहरूले सिद्धान्त र प्राथमिकतामा दिएको सुझाव बजेटमा नसमेटिने विगतको अभ्यासलाई चिर्न नयाँ अभ्यास थालिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij