आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

माओवादी केन्द्रका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ? [नामावलीसहित]


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/6952
    फागुन १५, २०८० मंगलबार
    माओवादी केन्द्रका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ? [नामावलीसहित]

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

    मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

    कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।

    यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ ।

    विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ ।

    पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij