आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राष्ट्रियसभा अध्यक्ष माओवादीले नछाड्ने


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/6954
    फागुन १५, २०८० मंगलबार
    राष्ट्रियसभा अध्यक्ष माओवादीले नछाड्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् ।

    मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा बारे आ-आफनो समीक्षा गर्दै राष्ट्रिय सभा अध्यक्ष पद पार्टीले छाडनु नहुने मत राखेका हुन् ।

    राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले नेता कृष्ण सिटौलालाई उठाउने बताइरहेको छ । तर माओवादी स्थायी कमिटी सदस्यहरूले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    त्यसैगरी बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल भए पनि निर्णय भने नभएको प्रवक्ता सापकोटाले बताए ।

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि पनि बोलाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij