आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/6964
    फागुन १६, २०८० बुधबार
    उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

    काठमाडौं । उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको छ ।

    दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन् ।

    चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

    चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

    चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij