आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

स्थायी समिति बैठक

माओवादी बैठकमा हिजो भएका छलफलमा आज निर्णय हुँदै


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/6965
    फागुन १६, २०८० बुधबार
    माओवादी बैठकमा हिजो भएका छलफलमा आज निर्णय हुँदै

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

    हिजोको स्थायी कमिटी बैठकमा नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका थिए ।

    बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाड्न नहुने बताएका थिए ।

    राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका बेला माओवादी केन्द्रका नेताहरूको यस्तो धारणा आएको हो ।

    हिजोको बैठकमा राष्ट्रियसभाको अध्यक्ष, पार्टी नेताहरूको कार्य विभाजन, भावी योजनालगायत विषयमा छलफल भए पनि निर्णयमा पुग्न बाँकी रहेको छ ।

    आजको बैठकमा अन्तिम निर्णय हुने नेताहरूले बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij