आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

राष्ट्रियसभा अध्यक्ष नछोड्नेमा माओवादी नेताहरू एकमत, दोधारमा अध्यक्ष प्रचण्ड


  • 334
    SHARES
  • https://indrenipost.com/index.php/posts/6969
    फागुन १६, २०८० बुधबार
    राष्ट्रियसभा अध्यक्ष नछोड्नेमा माओवादी नेताहरू एकमत, दोधारमा अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक अहिले जारी छ । बिहान ९ बजेबाट सुरु भएको बैठकमा कार्यविभाजनबारे टुङ्गो लगाउने विषयमा छलफल भइरहेको छ ।

    यसअघि, मङ्गलवार बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसलाई दिन नहुने मत राखेका थिए ।

    यद्यपि यसबारे प्रचण्डले कुनै प्रतिक्रिया दिएका छैनन् । स्रोतका अनुसार उनी गठबन्धन दलहरूसँग छलफल नगरी पार्टी बैठकमा ठोस निर्णय गर्ने पक्षमा देेेेेेखिएका छैनन् ।

    यसर्थ हालसम्म उनी मौनजस्तै देखिएका छन् । त्यस्तै कांग्रेससँगको सहकार्य–गठबन्धनबारे पनि समीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

    यसैगरी माओवादी स्थायी कमिटी सदस्यहरूले कांग्रेस महासमितिमा प्रतिगमनलाई सघाउने प्रवृत्ति देखिएको निष्कर्ष निकालेका छन् ।

    आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो धारणा राख्नेछन् । माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij