आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

माओवादी बैठक : राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/6974
    फागुन १६, २०८० बुधबार
    माओवादी बैठक : राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उमेदवारी दिने निर्णय गरेको हो ।

    राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    त्यस्तै, उनले कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय यसअघि नै गरिएको उनले बताए ।

    गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन बिषय भएको उनको भनाइ छ ।

    बैठकले चैत्र १ गते गर्ने भनिएको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij