काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजेदेखि सुरु हुनेछ ।
जारी सिरिजमा नामिबिया र नेदरल्यान्ड्स एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् ।
सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्यान्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।
आइसीसीको टी-२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आईसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्यान्ड्स १५औं स्थानमा रहेको छ ।
त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ । सिरिजको खेल तालिका
- नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
- नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार । -
नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।
-फाइनल, फागुन २२ गते मंगलबार