आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आह्वान


  • 343
    SHARES
  • https://indrenipost.com/index.php/posts/6994
    फागुन १७, २०८० बिहीबार
    संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आह्वान

    काठमाडौं । चारवटा संसदीय समितिको बैठक बसेको छ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको हो । 

    बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबिच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०/३/६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भइरहेको छ ।

    त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्‍व अनुसन्धान विभागको कामकारबाही सम्बन्धमा छलफल हुनेछ ।

    बिहान साढे ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ ।

    दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij