आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राष्ट्रियसभा बैठक

बजेटका सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रियसभा बैठकमा छलफल


  • 316
    SHARES
  • https://indrenipost.com/index.php/posts/6997
    फागुन १७, २०८० बिहीबार
    बजेटका सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रियसभा बैठकमा छलफल

    काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि बिहीबारदेखि राष्ट्रिय सभामा छलफल सुरु भएको छ ।

    बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमबारको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गरेका थिए ।

    यससँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले फागुन १७, २७, २९ र ३० गते छलफल हुने मिति तोकेका थिए ।

    छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री महतले फागुन ३० गते बस्ने बैठकमा दिने कार्यतालिका तोकिएको छ ।

    प्रिबजेट छलफल सुरु हुनुअघि विधायन व्यवस्था समितिकी सभापति जयन्ती देवी राईले ‘स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन २०८० सभासमक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij