आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

मिटरब्याजपीडितले प्रधानमन्त्री निवास बालुवाटारमा सिठ्ठी जुलुससहित मार्चपास गर्ने [प्रेस विज्ञप्तिसहित]


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/6999
    फागुन १७, २०८० बिहीबार
    मिटरब्याजपीडितले प्रधानमन्त्री निवास बालुवाटारमा सिठ्ठी जुलुससहित मार्चपास गर्ने [प्रेस विज्ञप्तिसहित]

    काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले काठमाडौंको बालुवाटारमा सिठ्ठी जुलुससहित मार्चपास गर्ने जनाएको छ ।

    बिहीबार विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजेदेखि समितिले आन्दोलन र वार्ता समानान्तर रूपले अघि बढ्ने उल्लेख गरेको छ ।

    मिटरब्याजपीडितलाई ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्तामा बोलाएको थियो । तीन पटकसम्म वार्तामा बस्दा पनि कुनै निष्कर्ष नआएपछि समितिले पुनः आन्दोलन गर्न लागेको जनाएको छ ।

    मिटरब्याजपीडितको समस्यालाई समाधान गर्न सरकारले नजरअन्दाज गरेको समितिको ठहर छ ।

    “हामीलाई थाहा छ, मिटरब्याज समस्या पूर्णरूपमा समाधान हुन्छ भनेर माननीय गृहमन्त्रीज्यूले विजय जुलुस मनाएको ११ महिनापछि पनि समस्या ज्यूँका तिउँ रहनुले उहाँलाई नैतिक संकट परिरहेको छ,” समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले आफूहरूको मागप्रति वेवास्ता गरेर सडक संघर्ष गर्न चुनौती दिइरहेको समितिको बुझाइ छ । पीडितहरूले भृकटीमन्डपबाट पुतलीसडक, डिल्लीबजार, कमलपोखरी, टंगाल हुँदै बालुवाटार पुगर सिठ्ठी जुलुससहित मार्चपास गर्न लागेको समितिले जनाएको छ ।

    andolan-1709188455.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij