नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश स्तरिय अगुवा कार्यक्रम यहि फाल्गुण ६ गते विरेन्द्र नगर, सुर्खेतमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ट नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलले राख्नुभएको विचारमूलक संक्षिप्त सामग्री यहाँ प्रस्तुत गरिएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड
पार्टी विचार, राजनीति र विधि पद्धतिबाट सञ्चालन गर्ने हो भने ठूला ठूला समस्याहरु पनि सजिलै हलगर्न सकिन्छ । क्रान्तिको बेला त्याग, तपस्या र बलिदानाको भावना र शासन गर्ने बेला विचलनको , सुविधाभोगी प्रवृत्तिको हावी धेरै हुने गर्दछ । त्यसकारण पार्टीभित्र निरन्तर वैचारिक अभियान सञ्चालन गर्ने, जनतासँगै रहने वा धर्ति नछोड्ने नीति अंगाल्नु पर्दछ ।
समस्या पर्दा वैठक नै नवस्ने या टार्ने होइन वैठक गरेर समस्याको सामूहिक समाधान गर्ने उपायको खोजि गर्नु पर्दछ । ऋषिमुनिहरुकै पालादेखि नेपाल विचार र ज्ञानको विशाल स्थलरहेकाले हामीले राम्रो गर्न सके अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका लागि पनि नयाँ योगदान दिन सक्छौं ।
मधव कुमार नेपाल
नेपालको कम्युनिष्ट आन्दोलनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पनि प्रेरणा दिएको छ । ल्याटिन अमेरिकी देशहरुमा वामपंथि मात्रै भन्ने बेला नेपालमा कम्युनिष्ट आन्दोलन अत्यन्तै लोकप्रिय रहेको छ । हामीले नेपालबाट समाजवादको नयाँ मोडेल विकास गरेर अगाडि बढ्नु पर्छ । गतिशिल पार्टीमा संघर्ष हुन्छ, गतिहिन पार्टी कमजोर हुन्छ । त्यसकारण संघर्षबाट आत्तिनु हुँदैन । पार्टी जीवनमा हुने संघर्षलाई सकारात्मक रुपमा आत्मसाथ गर्दै अगाडि बढ्नुपर्दछ ।
विष्णु पौडेल
नेपाली कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागि विश्वविद्यालय हो । यसबाट दुनियाँले धेरैकुरा सिक्न सक्छन् । सही विचार, राम्रो काम, असल परिणाम हामीले हासिल गर्नु पर्दछ । काठमाडांैका मान्छेहरु कर्णालीमा बसाइँ सराइँ गरेर आउने गरि हामीले नमुनाकाम गरेर देखाउनु पर्छ । त्यसो गरियो भने संसारलार्य हामीले समाजवादी र समतामूलक विकासको मोडेल दिन सक्छौं । समृद्धिसहितको समाजवाद, त्यो पनि हाम्रै पालामा ल्याउन सकिन्छ । सक्नेगरी काम गरौं ।