सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

माओवादी अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता


  • 847
    SHARES
  • https://indrenipost.com/index.php/posts/9350
    असार १०, २०८२ मंगलबार

    काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज सिंहदरबारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा मुलुकको समसामयिक विषयवस्तुमा छलफल भएको छ ।

    दुवै पार्टीका शीर्ष नेताहरू सहभागी हुनुभएको उक्त बैठकमा वामपन्थी शक्तिबीच ध्रुवीकरण, बजेट समीक्षा, राजनीतिक घटनाक्रम, संसदीय गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।

    माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङका साथै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाल समेतको सहभागीता रहेको थियो।

    पछिल्लो समय कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय राजनीतिक अवस्था, अन्तरराष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव, भिजिट भिसा प्रकरण, सरकारको कार्यशैलीबारे छलफल गरिएको एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना, सैद्धान्तिक आधार, प्रक्रियागत विषयमा समीक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij