आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

मिटरव्याजपीडितलाई बिनासर्त रिहा गर्न एमालेको माग


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/7000
    फागुन १७, २०८० बिहीबार
    मिटरव्याजपीडितलाई बिनासर्त रिहा गर्न एमालेको माग

    काठमाडौं । राष्ट्रियसभा सदस्य विमला घिमिरेले मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् ।

    बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् । मिटरब्याजपीडितको आन्दोलनलाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिइन् ।

    उनले प्रदर्शनका क्रममा पक्राउ परेका मिटरब्याजपीडितलाई तत्काल रिहा गर्नुपर्ने माग गरिन् ।

    “धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याजपीडितहरू आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए,” उनले भनिन्, “छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरूलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन ।”

    उनले मिटरब्याजपीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुन सक्नेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij